ढुंगा प्रहार गरेर आमाको हत्या
धनगढी : कञ्चनपुरको पुनर्बास नगरपालिकामा ढुंगा प्रहार गरी आमाको हत्या गरिएको छ।
इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार पुनर्बास नगरपालिकास्थित ६५ बिघा शिविर टोलमा बस्ने ५० वर्षीया पार्वती वादीको हत्या आरोपमा ३५ वर्षीय पप्पु वादी पक्राउ परेका छन्।
पप्पुले सामान्य विवादमा राति ढुंगा प्रहार गरी आमाको हत्या गरेको खुलेको प्रहरी निरीक्षक विष्टले बताए।
कात्तिक ९, २०७७ आइतबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।