जनार्दन शर्मालाई कोरोना संक्रमण

जनार्दन शर्मालाई कोरोना संक्रमण


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ।

शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएका हुन्। 

उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। 

कात्तिक ९, २०७७ आइतबार ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।