मस्जिदमा डोजर चलाउने दुई जना पक्राउ

मस्जिदमा डोजर चलाउने दुई जना पक्राउ

काठमाडौं : सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रत्नकाजी महर्जन र एक जना डोजर चालक छन्।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको बताए।
एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदको जग्गा आफ्नो  दावी गर्दै महर्जनले तोडफोड गर्न लगाएका थिए। मस्जिद तोडफोड गर्न लगाउने व्यक्ति नै महर्जन  भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 
निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। शनिबार बिहान मस्जिद तोडफोड भएको थियो।

कात्तिक ८, २०७७ शनिबार १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।