थप २२२५ जनामा कोरोना पुष्टि, २८४६ निको भए
काठमाडौं : नेपालमा आज थप दुई हजार २२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई हजार ८४६ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ८४२ पुगेको मन्त्रालयले जनाएको छ।
कात्तिक ८, २०७७ शनिबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।