नेकपा कार्यकर्ताबीचको झडपमा एकको मृत्यु
काठमाडौं : पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच भएको झडपमा एक जनाको ज्यान गएको छ।
बिहीबार विन्दवासनी गाउँपालिका कमिटीले आयोजना गरेको शपथग्रहणमा झडप हुँदा एकजनाको मृत्यु भएको हो।
झडपमा गम्भीर घाइते भएका नेकपाको गाउँ कमिटी सचिव मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा वीरगन्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौरसिया पूर्वमाओवादी हुन्।
अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको जनाइएको छ।
आफुहरुलाई कमिटीमा समावेश नगरिएको भन्दै मधेश केन्द्रीत दल छाडेर नेकपा प्रवेश गरेकाहरुले विवाद गरेपछि झडप भएको थियो।
झडपमा दर्जनौं कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ।
घटनापछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।
कात्तिक ७, २०७७ शुक्रबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।