यूवा कृषि मञ्च काभ्रे शाखा गठन
काभ्रेपलाञ्चोक : यूवा कृषि मञ्चको काभ्रे जिल्ला शाखा गठन भएको छ।
जिल्लामा विभिन्न पालिकाहरुमा कृषि क्षेत्रमा क्रियाशील यूवा कृषि उद्यमीहरुको भेलाले सागर रायमाझीको संयोजकत्वमा १७ सदस्य समिति गठन गरेको हो।
भेलालाई सम्बोधन गर्दै यूवा कृषि मञ्चका केन्द्रीय अध्यक्ष जयराम सिग्देलले कृषिलाई आधुनिकीकरण गर्दै सामुहिक खेतीतर्फ अग्रसर हुन तथा कृषि क्षेत्रमा लागेका यूवाहरुले नयाँ प्रविधिसहित नयाँ तरिकाले कृषि व्यावसायीक बनाउनतर्फ जानका लागि यूवाहरुलाई जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले यूवाहरु चक्लाबन्दी खेतीतर्फ जान र कृषिलाई आधुनिक प्रविधितर्फ लैजान सक्रिय हुनुपर्ने धारणा राख्दै चक्लाबन्दी खेतीमा सहभागीहरुलाई परियोजनाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
भेलाबाट सह संयोजकमा क्षेत्र लामा, सचिव सुरेश अधिकारी, सह–सचिव सविन घिमिरे, कोषाध्यक्ष अस्मिता तिमल्सिना, सदस्यहरुमा नवराज घिमिरे, प्रताप लामा, रोशन वाईवा, सुनिल लामा, विष्णु महत, प्रताप लामा, श्याम तिमल्सिना, गौरी लामा, अनिल नेपाल ,सुरेन्द्र तामाङ ,पृथ्वी भुजेल चयन भएका छन्।
समितिका संयोजक रायमाझीले कृषि क्षेत्रमा अग्रणी रहेको काभ्रे जिल्लाका यूवा कृषकहरुलाई समेट्दै हरेक पालिकाहरु वडाहरुसम्म पुगेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कात्तिक ७, २०७७ शुक्रबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।