प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै निशाना छाप
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा दिएको शुभकामना सन्देशमा पुरानै निशान छाप प्रयोग गरेका छन्।
ओलीले शुक्रबार बिहान आफ्नै ट्वीटमार्फत सार्वजतिक गरेको आफ्नै तस्बिर, हस्ताक्षर र शुभकामना सन्देशमा पुरानै निशान छाप प्रयोग गरिएको छ।
प्रतिनिधि सभाले निशाना छापमा लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्शा समेटिएको नेपालको नयाँ नक्साको आकृति राख्ने विधेयक गत जेठ ३१ गते पारित गरेको थियो।
प्रधानमन्त्रीले पुरानै निशाना छाप प्रयोग गरेर शुभकामना सन्देश दिँदा सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ।
‘लिम्पियाधुरा समेटिएको चुच्चे नक्सासहितको निशाना छाप खै प्रधानमन्त्री ज्यू ?’ भन्दै थुप्रैले सामाजिक संजालमा प्रश्न गरेका छन्।
पाठ्यक्रम विकास केन्द्रले लिपुलेक, लिम्पियाधुरा नेपालमा पर्ने उल्लेख भएको पुस्तक सार्वजिक गरेकोमा प्रधानमन्त्री ओलीले बिक्री वितरणमासमेत रोक लगाएका थिए।
कात्तिक ७, २०७७ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।