कस्तुरीको विनासहित २ जना पक्राउ

कस्तुरीको विनासहित २ जना पक्राउ

काठमाडौं : प्रहरीले प्रतिवन्धित कस्तुरीको विनासहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्ग सालिकचोकबाट विनासहित बिहीबार दिउसो दुई जनालाई नियन्त्रणमा लिएको हो। 

महाशाखाका अनुसार पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–९ चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६ वर्षीय राम कुमार लामा छन्। 

उनीहरुको साथबाट २७ ग्राम तौल भएको कस्तुरीको विना बरामद गरिएको महाशाखाले जनाएको छ।

कात्तिक ६, २०७७ बिहीबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।