एकैदिन थपिए ३६३७ कोरोना संक्रमित 

एकैदिन थपिए ३६३७ कोरोना संक्रमित 

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फतप्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा १५ सय ५२ सहित नयाँ संक्रमित थपिएको जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा ३२ सय १५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।

कात्तिक ६, २०७७ बिहीबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।