कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई प्रदेश सरकारले २ लाख रूपैयाँ दिने

कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई प्रदेश सरकारले २ लाख रूपैयाँ दिने

काठमाडौं : कैलालीमा तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका दुई जना प्रहरीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

 

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख बिक र प्रहरी जवान रामबहादुर साउदको तस्करी नियन्त्रण गर्ने क्रममा तस्करको समुहले कार्तिक २ गते राति हत्या गरेको थियो।
 

कात्तिक ६, २०७७ बिहीबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।