‘प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक’
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयललाई भेट्नु आपत्तिजनक र कुटनीतिक मर्यादाविपरीत भएको बताएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यस्तो बताएका हुन्।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ। कुटनीतिक मर्यादा विपरीत छ,’ उनले लेखेका छन्।
कात्तिक ६, २०७७ बिहीबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।