गैंडाको खागसहित शिक्षक पक्राउ 

गैंडाको खागसहित शिक्षक पक्राउ 

काठमाडौं : संरक्षित वन्य जन्तु गैंडाको खागको कारेबारमा संलग्न एक जनालाई प्रहरीले खागसहित पक्राउ गरेको छ।
 

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरुवा नगरपालिका–७ घर भई हाल काठमाडौं–१२ कपन बस्ने ४९ वर्षीय  राजेन्द्र रिजाललाई पक्राउ गरेको हो।

खागको कारोबार भैरहेको सुचनाको आधारमा खटिएको विशेष टोलीले चुच्चेपाटी पासाङ ल्यामु चोकबाट उनलाई बिहीबार पक्राउ गरेको हो।

महाशाखाका अनुसार पक्राउ पर्ने रिजाल पेशाले शिक्षक हुन्।

उनलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ। 
 

कात्तिक ६, २०७७ बिहीबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।