दार्चुला सदरमुकाम खलंगामा सेना परिचालन

दार्चुला सदरमुकाम खलंगामा सेना परिचालन
फाइल फोटो : नेपाली सेना

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर तीव्ररूपमा बढ्दै गएपछि दार्चुला सदरमुकाम खलंगामा सेना परिचालन गरिएको छ।

जिल्ला प्रशासनले कोरोना नियन्त्रण र रोकथामका लागि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन थालेपछि प्रशासनले सेना परिचालन गरेको हो।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निषेधाज्ञा उलंघन बढेपछि सेना परिचालन गरिएको बताए।

‘निषेधाज्ञामा पनि पसल खोल्ने, मानिसहरू हिँडडुल गर्ने र सामाजिक दूरीसमेत कायम नहुने भएपछि सेना परिचालन गरिएको हो’ पोखरेलले भने,‘‘निषेधाज्ञा उल्लंघन हुने क्रम बढेपछि मनोवैज्ञानिक रूपमा सजग गराउन सेनाले गस्ती गरेको हो।’

सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो।

सुरुमा महाकाली नगरपालिकाको वडा नम्बर ४ मा निषेधाज्ञा जारी गरेकोमा पछिल्लो पटक वडा नम्बर ५ मा पनि निषेधाज्ञा जारी गरिएको छ। 

प्रजिअ पोखरेलले दुई दिनको अवधिमा खलंगामा मात्र एक सय बढीमा कोरोना संक्रमण देखिएको छ।

कात्तिक ५, २०७७ बुधबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।