राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन

राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन
तस्बिर : प्रतिक रायमाझी।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनःनिर्माण भएको रानीपोखरीको उद्घाटन गरेकी छन्। उनले विभिन्न नदी तथा कुण्ड (पोखरी)को पानी खन्याएर रानीपोखरीको उद्घाटन गरेकी हुन्। 

सो अवसरमा उनले भूकम्पमा क्षतिग्रस्त भइ पुनःनिर्माण थालिएका सम्पदा छिट्टै सम्पन्न हुने आशा व्यक्त गरिन्। साथै उनले क्षतिग्रस्त सम्पदालाई मौलिक स्वरूपमै बनाइने बताइन्। 

रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको छ। 

राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माण शिलान्यास गरेकी थिइन्। २०७२ वैशाख १२ गतेको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएको थियो। 
 

कात्तिक ५, २०७७ बुधबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।