प्रहरी हत्यामा संलग्नको आरोपमा थप एक पक्राउ

प्रहरी हत्यामा संलग्नको आरोपमा थप एक पक्राउ
मंगलबार सार्वजनिक गरिएका हत्याका अभियुक्तहरु।

काठमाडौं : कैलाली प्रहरीले दुई प्रहरी हत्यामा संलग्नको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका रोहित राना छन्।

उनलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानाकरी दिए।

यस अघी पक्राउ परेकाहरुको बयानका आधारमा उनलाई पक्राउ गरिएको विष्टले बताए। उनले थप अरुको पनि खोजी भैरहेको जानकारी दिए। 

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउँदको शनिवार राति गस्तीमा गएको बेला तस्करहरुको समूहले हत्या गरेको थियो।

नेपालबाट भारततर्फ तस्करी हुन लागेको केराउ रोक्ने क्रममा तस्करको समुहले प्रहरीको हत्या गरेको थियो।

कात्तिक ५, २०७७ बुधबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।