कांग्रेसले नेकपालाई सम्झायो चुनावी घोषणापत्र
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी गठबन्धनले ल्याएको घोषणापत्र सरकारलाई स्मरण गराएको छ।
निश्चित वर्गवाहेक अरुले कोरोना उपचार आफै गर्नुपर्ने सरकारले निर्णयको चौतर्फी आलोचना भइरँदा कांग्रेस सो घोषणा पत्रबारे स्मरण गराएको हो।
कांग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा पत्रको प्रतिवद्धता सरकारलाई स्मरण गराएको हो।
सरकारले आफ्नै चुनावी घोषणा पत्रको प्रतिवद्धतासमेत उल्लंघन गरेर जनतालाई धोका दिएको विज्ञप्तिमा उल्लेख छ
तत्कालिन एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए। संयुक्त घोषणा पत्र जारी गरी चुनाव लडेका दुई दलबीच पछि एकता भएर नेकपा जन्मिएको हो।
‘चुनावी घोषणा पत्रको बुँदा नम्बर ९ मा सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने कुरा यहाँ स्मरण गराउन आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ।
घोषणा पत्रमात्र नभएर संविधानको उल्लंघन, सर्वोच्च अदालतको परामादेशलाई चुनौति र जनस्वास्थ्य ऐनविरुद्ध निर्णय गरेको भन्दै विज्ञप्तिमा सरकारको आलोचना गगरिएको छ।
सरकारले उपचार खर्च नव्यहोर्ने निर्णय फिर्ता लिनुपर्ने माग कांग्रेसले गरेको छ। .jpg)
कात्तिक ४, २०७७ मंगलबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।