डिस्चार्ज भए डा. गोविन्द केसी
डिस्चार्जपछि डा. केसी सुकेधारास्थित भाइको घरमा गएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। डा. केसीलाई शुक्रबार साँझ आइसियुबाट जनरल बेडमा राखिएको थियो। उनलाई अस्पतालको आइसियुबाट ‘५०१ डिलक्स क्याबिन’ मा राखिएको थियो।
चिकित्सा शिक्षा सुधार र आफूसँग सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसीले गत भदौ २९ गते जुम्लामा अनशन बसेका थिए। अनशनकै क्रममा स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई आठौं दिन काठमाडौं ल्याइएको थियो। त्यसपछि पनि उनले अनशन जारी राखेका थिए। सरकारले माग पूरा गर्ने सहमतिपछि उनले २८ औं दिनमा अनशन तोडेका थिए।
निराहाररूपमा अनशन बसेपछि डा. केसीको स्वास्थ्य शिथिल बनेको थियो। उनले अनसन बस्दा स्लाइन मात्रै लिएका थिए।
अनशन तोडेपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
कात्तिक ४, २०७७ मंगलबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।