प्रहरी हत्याका ७ आरोपी सार्वजनिक
जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलेन गर्दै प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्नको आरोपमा सात जनालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार हत्यामा संलग्न सातै जना राना समुदायका छन्।
उनीहरुले केराउ तस्करी रोक्दा प्रहरीले रोके पछि उनीहरुको हत्या गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना छन्।
उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसूर दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कैलाली प्रहरी प्रमुख एसपी दिलिप देउवाले घटनामा अरुको संलग्नता बारे अनुसन्धान भैरहेको बताए।
बिक र साउँद अस्थायी प्रहरी विट जुगेडामा कार्यरत थिए। गत भदौमा विटको नेतृत्व सम्हालेका बिकले तस्करी नियन्त्रणमा कडाइ गरेका थिए।
मोहना नदी पारगर्दै तस्करहरुले सामान तस्करी गर्दै आएका थिए।

.jpg)
कात्तिक ४, २०७७ मंगलबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।