केराउ तस्करी रोक्दा दुई प्रहरीको हत्या भएको खुलासा

केराउ तस्करी रोक्दा दुई प्रहरीको हत्या भएको खुलासा

केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा तस्करसमूहले शनिबार राति धनगढी–१२ जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको खुलेको हो।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले केराउ तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले उनीहरुमाथि आक्रमण गरेको अनुसन्धानबाट खुलेको बताए।

प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएका १३ जनामध्ये सात जनाले हत्या स्वीकार गरेको सुवेदीले जानकारी दिए। घटनामा संलग्न सबै नेपाली हुन्। 

घटनामा ११ जनासम्मको संलग्नता रहेको प्रहरीले जनाएको छ। घटनाबारे कैलाली प्रहरीले अहिले ४ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ।

प्रहरीको हत्यापछि तस्कर समूहले भारततर्फ केराउ निकासी गरेको पनि देखिएको छ।

असई बिकको शव आइतबार बिहान र प्रहरी जवान साउदको शव आज बिहान मोहना नदीमा फेला परेको थियो। 

कात्तिक ४, २०७७ मंगलबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।