मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले सोमबार कोरोना संक्रमण भएको जानकारी दिए।

लक्षण देखिएपछि मन्त्रीले आइतबार स्वाब दिएका थिए। 

उनको पोजेटिभ रिपोर्ट आएको गणेशले बताए। मन्त्रीलाई सामान्य ज्वरो, खोकी लागेको र क्वाटरमै आइसोलेसनमा बसेको उनले जानकारी दिए।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

कात्तिक ३, २०७७ सोमबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।