नेकपा सांसदको दसैं भत्ता कोरोना कोषमा

नेकपा सांसदको दसैं भत्ता कोरोना कोषमा
नेकपा संसदीय दलको बैठक। फायल तस्वीर

काठमाडौं : चौतर्फी आलोचनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले दसैं भत्तावापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ।

नेकपा संसदीय दलले सांसदहरूले पाएको दसैं भत्तावापतको रकम कोरोना कोषमा दाखिला गर्ने निर्णय गरेको हो।

संसदीय दलका उपनेता सुवास नेम्वाङले  देश कोभिड–१९ विरुद्धको लडाइमा रहेकाले यसपटक दसैं भत्ता नलिने र संसद सचिवालयले सांसदहरूको खातामा पठाएको रकम सीधै दलले एकमुष्ठ रूपमा कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।

प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो।

नेकपासँग प्रतिनिधिसभामा १ सय ७४ र राष्ट्रियसभामा ४६ सांसद छन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।

कात्तिक ३, २०७७ सोमबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।