३७९० जनामा कोरोना संक्रमण पुष्टि

३७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

 

थपिएका संक्रमितमध्ये २ हजार ३ सय ८८ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

जसमध्ये काठमाडौंका २ हजार ८ जना, ललितपुरका २ सय ८१ र भक्तपुरका ९९ जना छन्।

देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय ५७ पुगेको हो।

गौतमका अनुसार देशभरका अस्पतालका आईसीयूमा २ सय ८२ जना संक्रमित छन् भने भेन्टिलेटरमा ६३ जना छन्। 

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो अबधिमा २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन।

यससँगै निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ। 

प्रवक्ता  गौतमका अनुसार सक्रिय संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेशनमा रहेका छन्।

कात्तिक ३, २०७७ सोमबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।