केएमसीका बिरामीले तेस्रो तलाबाट हामफालेर गरे आत्महत्या
काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा मानसिक रोगको उपचार गराइरहेका एक बिरामीले तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका छन्।
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार केएमसीमा मानसिक रोगको उपचार गराइरहेका सोलुखुम्बु घर भइ नयाँ बानेश्वरमा डेरामा बस्ने २६ वर्षीय रोशन खड्काले आज बिहान ८ः४५ बजे तेस्रो तलाबाट हाम फालेका हुन्।
घटनामा घाइते खड्काको ९ः२० बजे मृत्यु भएको उनले जानकारी दिए।
खड्काले आइतबार आफ्नै खुट्टा पोलेपछि उनकी आमाले सोही दिन अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
कात्तिक ३, २०७७ सोमबार १०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।