बैंकर अनिल शाहलाई कोरोना संक्रमण 

बैंकर अनिल शाहलाई कोरोना संक्रमण 

काठमाडौं : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। 

शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। 

'सुध्ने क्षमता हराएपछि गत बुधबार कोरोनाको पिसिआर परीक्षण गरेको थिएँ। नतिजा नेगेटिभ आयो। त्यसपछि डाक्टरको सल्लाह अनुसार आइसोलेसनमै बसिरहेको थिए। त्यसक्रममा हिजो दोस्रो परीक्षण गराउँदा नतिजा पोजेटिभ देखियो,’  उनले लेखेका छन्। 

सुध्ने क्षमता हराउनुबाहेक आफूलाई अन्य कुनै लक्षण नदेखिएको उनले बताएका छन्। साथै उनले आफू चाडै कोरोनामुक्त हुने विश्वास व्यक्त गरेका छन्। 

कात्तिक २, २०७७ आइतबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।