ललितपुरका सरकारी कार्यालयमा कात्तिक २ देखि अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँँझ सूचना जारी गर्दै कात्तिक २ देखि अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।
कार्यालयहरूको भिडभाड घटाउन कात्तिक २ देखि अर्को सूचना जारी नभएसम्म ललितपुर जिल्लाका सबै सरकारी कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो। उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै गएको छ।
असोज ३०, २०७७ शुक्रबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।