कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ 

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ 

यो मृत्यु नेपालमा कुल संक्रमितमध्ये ०.५७ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १६ हजार ५ सय ३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। 

थपिएका संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका छन्।

योसँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ। 

८८ हजार ४० संक्रमणमुक्त भएका छन् भने देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन्।

असोज ३०, २०७७ शुक्रबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।