कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मृत्यु

कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठका अनुसार कोरोना संक्रमित सशस्त्र प्रहरीका २५ वर्षीय जवानको बिहीबार राति मृत्यु भएको हो।

बाग्लुङमा सवारी दुर्घटनामा परि घाइते ती जवानलाई गत आइतबार उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको र उपचारका क्रममा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए। 

ती जवानलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। 

असोज ३०, २०७७ शुक्रबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।