विप्लव समूहविरुद्ध कडा कदम चाल्न गृहमन्त्रीको निर्देशन
६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले उक्त निर्देशन दिएका हुन्।
भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली र विकास निर्माणमा अवरोध गर्ने कोसिस गरिरहेको भन्दै थापाले कडा कदम चाल्न दिर्नेशन दिए।
‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हकअधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन्’, थापाले भने,‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नुहुँदैन।’
अपराध र अपराधीको विषयमा आफू भन्दा धेरै प्रहरीहरु जानकार र व्यावसायिक भएको भन्दैउनले अपराधको प्रवृति विश्लेषण गरेर अगाडि बढ्न निदेृशन दिए।
असोज ३०, २०७७ शुक्रबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।