पूर्वआइजिपी खरेलद्वारा ११ लाखको अक्षयकोष स्थापना

पूर्वआइजिपी खरेलद्वारा ११ लाखको अक्षयकोष स्थापना

काठमाडौं : कर्तव्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरीका सन्ततिहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) अच्यूतकृष्ण खरेलले ११ लाख रूपैयाँको अक्षय कोष स्थापना गरेका छन्।

६५ औं प्रहरी दिवसको अवसरमा खरेलले प्रहरी संगठनसमक्ष ११ लाखको अक्षयकोष स्थापनाको सम्झौता गरेका हुन्।

खरेलले कर्तव्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तानमध्ये एक छोरी र एक छोरालाई जनही ३० हजारको छात्रवृत्तिसहित सम्मानपत्र प्रदान गर्ने भएका हुन्।

‘अच्युत–मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

साथै, उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमतिपत्रमा सम्झौता भएको छ। 

असोज ३०, २०७७ शुक्रबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।