अर्थ मन्त्रीको पदबहाली ऋण लिने निर्णयबाट

अर्थ मन्त्रीको पदबहाली ऋण लिने निर्णयबाट

काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदबहाली गरेलगत्तै २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्ष गरेका छन्।

अर्थ मन्त्री पौडेलको पदबहाली नै ऋण लिने निर्णयबाट सुरु भएको छ। 

मन्त्रालयका अनुसार पौडेलले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा हस्ताक्षर गरेका हुन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली पदबहाली गरे।
 

असोज २९, २०७७ बिहीबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।