सोह्रखुट्टेमा सिलिन्डर बिष्फोट, १० जना घाइते

सोह्रखुट्टेमा सिलिन्डर बिष्फोट, १० जना घाइते
तस्बिर–स्टुडेन्ट अफ नेपालको फेसबुक पेजबाट

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १० जना घाइते भएका छन्।
 

केहीबेर अघि भएको सिलिण्डर विस्फोटमा परी १० जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

स्थानीय निलकुमारी क्षेत्रीको घरमा सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ। 

विस्फोटबाट वरिपरिका १० वटा घरमा क्षति पुगेको राठौरले जानकारी दिए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको लैनचौरस्थित मनमोहन अस्पताल र बालाजुस्थित पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। कुन सिलिन्डर के कारणले विस्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको एसपी राठोरले बताए।
 

असोज २९, २०७७ बिहीबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।