पशुपतिमा शवदाह गृह बनाउन सम्झौता 

पशुपतिमा शवदाह गृह बनाउन सम्झौता 

काठमाडौं  : पशुपति परिसरमा थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ।
 

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा शवदाह गृह निर्माण हुने भएको हो।

बुधवार काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिवराजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार शवदाहगृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान  गरिसकेको छ। 

बोलपत्र मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया रहेको मा बोलपत्रदाता छनोट र सम्झौताको काम कोषले नै गर्ने जनाइएको छ। 

प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गरे। 

अहिले सञ्चालनमा रहेका दुई ओटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेपछि महानगरपालिकाले शवदाह गृह निर्माणमा सहयोग गरेको हो।

शवदाह गृह निर्माणका लागि महानगरपालिकाले १५ करोड बजेट छुट्याएको छ। 

अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन्।

असोज २८, २०७७ बुधबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।