थप २६३८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त अवधिमा देशभर १३ हजार ९२७ जनाको परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ छ।
उपत्यकामा १४०३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना रहेको मन्त्रालयले जनाएको छ।
१२ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएको छ।
असोज २८, २०७७ बुधबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।