प्रदेश लोकसेवाले पहिलो पटक खोल्यो विज्ञापन
काठमाडौं : प्रदेश लोकसेवा आयोगमार्फत पहिलो पटक कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ।
लुम्बिनी प्रदेश अन्तर्गतको प्रदेश लोक सेवा आयोगले विभिन्न सेवाका कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
आयोगले बुधबार सूचना निकालेर स्वास्थ्य सेवाका आठौँ र सातौँ तथा इन्जिनियरिङ सेवाको सातौँ तहको लागि दरखास्त आह्वान गरेको हो।
प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको आयोगले जानकारी दिएको छ।
विज्ञापन अनुसार स्वास्थ्य सेवा अन्तर्गतको आठौँ तहको मेडिकल अधिकृतका लागि २९ पद, सातौँ तहको नर्सिङ अधिकृतका लागि ७ पद, फिजियोथेरापिस्टका लागि ३ पद र मेडिकल ल्याब टेक्नोलोजिस्टका लागि ५ जनाको माग गरिएको छ।
त्यस्तै, इन्जिनियरिङतर्फ सातौँ तहका लागि सिभिल हाइवेतर्फ ५, सिभिल जनरलमा खुला ४ र सिभिल इरिगेसनमा ६, हाइड्रोपावरतर्फ ४, सिभिल स्यानिटरीका लागि १, आर्किटेक्टको लागि ९ र जनरल मेकानिकलको लागि ४ पदका लागि दरखास्त आह्वान गरिएको छ।
दरखास्त अवधि कात्तिक २५ गतेसम्म तोकिएको छ।
असोज २८, २०७७ बुधबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।