सांसद सानु शिवा पहाडीको निधन
काठमाडौं : प्रतिनिधिसभा सांसद सानु शिवा पहाडीको निधन भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सांसद्मा निर्वाचित शिवाको आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको पार्टीले जनाएको छ। पार्टीका अनुसार उनी तीन दिनअघि अस्पताल भर्ना भएकी थिइन्।
उनको कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि स्वाब संकलन गरिएको पार्टीले जनाएको छ।
उनी तत्कालीन एमालेको तर्फबाट समानुपातिक कोटाबाट सांसद निर्वाचित भएकी थिइन्।
यसैबीच, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन्। उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै संस्कृतिकर्मीसमेत रहेकी सांसद् पहाडीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
असोज २८, २०७७ बुधबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।