‘सरकार फेरबदलको अराजनीतिक गतिविधि असफल’
काठमाडौं : कर्णाली प्रदेश सरकार फेरबदलमा भएको प्रयासलाई अराजनीतिक गतिविधि भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले त्यो असफल भएको जनाएको छ।
अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले ट्वीट गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही फेर्ने प्रयास अराजनीतिक भएको बताएकी हुन्।
‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ। पार्टी एकताका लागि नेतृत्वले देखाएको सपना साकार पार्न सकरात्मक भुमिका खेल्नुहुने सबैलाई बधाई छ’ दाहालले ट्वीट गरेकी छिन्।
प्रचण्ड निकट मानिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि तीन दिन सम्म राष्ट्रिय राजनीति तरंगित भएको थियो।
शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेमध्येका सात जना सांसद पछि हटेपछि शाहीको पद जोगिएको छ।
असोज २७, २०७७ मंगलबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।