बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी समातिए
काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गोरखा घर भइ काठमाडौं-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई चितवनको रत्ननगरबाट पक्राउ गरेको हो।
उनलाई सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।
उच्च अदालत, पाटनले गत जेठ ३० गते श्रेष्ठलाई १५ दिन कैद र ३४ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो। उनविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१)बमोजिम सजाय तोकिएको ब्युरोले जनाएको छ।
२०७५ सालमा दीपा थपलियालाई विभिन्न बैंकको बाउन्स चेक दिइ झुक्याएपछि श्रेष्ठविरुद्ध मुद्दा परेको थियो।
असोज २६, २०७७ सोमबार १९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।