त्रिविका उपप्राध्यापक कुटेको आरोपमा दुई पक्राउ

त्रिविका उपप्राध्यापक कुटेको आरोपमा दुई पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

महानगरिय प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिराहा, गोलबजार नगरपालिका वडा नम्बर ६ का रूपेश साह र वडा नम्बर ३ का रविनकुमार लामा छन्।

गत असोज २० गते विभागमा कार्यरत उपप्राध्यापक प्रेम चलाउनेलाई उनीहरूले आक्रमण गरेको र त्यसयता फरार रहेको प्रहरीले जनाएको छ। 

शाहलाई काठमाडौं, कोटेश्वरबाट र लामालाई सिराहा, गोलबजारबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।  

उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

उपप्राध्यापक चलाउने कीर्तिपुरस्थित समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत छन्। 

असोज २६, २०७७ सोमबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।