शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिवार परीक्षणका क्रममा पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना पोखरेल अहिले पनि अस्पतालमै छन्।
पोखरेललाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक ट्रेसिङमा परेका छन्।
डा. गोविन्द केसीको अनशन तोडाउने विषयमा छलफल गर्न सरकारी वार्ता टोलीलाई लिएर मन्त्री पोखरेल हिजो बिहान मात्रै बालुवाटार पुगेका थिए।
यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
असोज २५, २०७७ आइतबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।