डा. केसीले २८ औं दिनमा अनसन तोडे

डा. केसीले २८ औं दिनमा अनसन तोडे
तस्विर : प्रतीक रायमाझी

काठमाडौं :  सत्याग्रही डा.गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन्।

आइतबार बिहान त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा डा. केसीले अनसन तोडेका हुन्। कोरोना संक्रमण भइ निको भएका अस्पतालका सरसफाइ कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस खुवाएर डा. केसीको अनसन तोडाएका हुन्।   

सरकार र डा. केसीबीच शनिबार मध्यरात ८ बुँदे सहमति भएको छ।

डा. केसीले चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए। अनसनको आठौं दिनमा उनलाई काठमाडौं ल्याइएको थियो। 

अनशन ताेडेपछि उनलाई आइसीयुमा भर्ना गरिएकाे छ।

असोज २५, २०७७ आइतबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।