चिकित्सक संघको आन्दोलन फिर्ता

चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं : अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ। 

सरकार र डा. केसीबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो।

संघका महासचिव वद्री रिजालले विज्ञप्ति जारी गरि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए।

‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ।

डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

डा. केसीले २८ औं दिनमा केहीबेरमा अनसन तोड्दैछन्।

असोज २५, २०७७ आइतबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।