धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ 

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ 

धादिङकै सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो।

डीएसपी लोकनाथ तिम्सिनाले अवैद्य रुपमा वालुवा निकाल्न लागेका भण्डारीलाई जनप्रतिनीधिहरुले रोक्न खोजेपछि विवाद हुँदा उनले जनप्रतिनीधिहरुलाई धम्क्याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए।

उनी क्रसर सञ्चालन र वालुवा डिपो लगायतका निर्माण सामाग्री सञ्चालकहरुबाट हप्ता असुली गरिरहेका छन्।
उनी जेठ २३ मा धादिङमा हतियारसहित पक्राउ परेका थिए।

यसअघि ०७० साल असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए। 

चरी इन्क्काउण्टरमा मारिएपछि भने भण्डारीले धादिङका व्यापारीहरुलाई एकलौटी रुपमा धम्क्याउदै आएको प्रहरीले दावी गरेको छ।

असोज २३, २०७७ शुक्रबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।