सचेतना बढाउन ‘ट्राफिक टोकन’ अभियान

सचेतना बढाउन ‘ट्राफिक टोकन’ अभियान

अभियान अन्तर्गत महाशाखाले मन्त्रालय, विभाग, महाशाखासहित विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक कार्यालयहरुमा ट्राफिक प्रतिवद्धता सहितका बोर्ड राख्न थालिएको हो। 

महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार सार्वजनिक कार्यालयहरुमा यस्ता बोर्ड राख्दा कार्यालयका कर्मचारीदेखि सेवाग्राही सचेत हुने विश्वास लिइएको छ। 

‘सार्वजनिक कार्यालयका कर्मचारीलाई नै यसबारे जानकारी नहुन सक्छ। यसलाई बुझेर पालना गर्दा सर्वसाधारणका लागि पनि उदाहरण हुन्छ’ ढकालले भने,‘दैनिक ध्यान दिनुपर्ने सात कुरा प्रतिवद्धतामा समेटिएका छन।’ 

बुधबारबाट सुरु भएको अभियान अन्तर्गत विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तिय सँस्था तथा विद्यालयहरु गरी ४ सय २० कार्यालयमा यस्ता प्रतिवद्धतासहितका बोर्ड राखिएका छन्। अन्य ८० स्थानमा पनि राखिने क्रममा छ। 

‘हाम्रो दिर्घकालिन लक्ष्य प्रत्येक घरसम्म पुग्ने हो’ ढकाल भन्छन्,‘ महाशाखाले उपत्यकाका बढी सेवाग्राही आउने कार्यालयहरुलाई प्राथमिकतामा राखेर यस्ता बोर्ड राख्ने गरेको छ।

ट्याक्सी चालकसँग अन्तरक्रिया

यस्तै महाशाखाले कोरोना संक्रमणको समयमा यात्रु ओसारपसार गर्ने ट्याक्सी चालकसँग अन्र्तक्रिया गरेको छ। 

महाशाखा प्रमुख ढकालका अनुसार संक्रमणबाट जोगिएर कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने बिषयमा ट्याक्सी चालकहरुसँग अन्तरक्रिया गरिएको हो।

‘संक्रमण बढ्दै गएको अवस्थामा कसरी सुरक्षित रहेर सेवा दिने भन्ने बिषयमा महाशाखाले छलफल गरेको हो’ एसएसपी ढकालले भने।

असोज २२, २०७७ बिहीबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।