एकैदिन ४,३६४ जनामा कोरोना 

एकैदिन ४,३६४ जनामा कोरोना 

एकै दिन संक्रमण पुष्टि भएको यो हालसम्मकै सबैभन्दा धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार थपिएका संक्रमितमध्ये २ हजार ५ सय ४० काठमाडौं उपत्यकाका रहेको जानकारी दिए।

योसँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ। हालसम्म कोरोना संक्रमित ५ सय ९० जनाको मृत्यु भएको छ। 
संक्रमित मध्ये ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन्। 


 

असोज २२, २०७७ बिहीबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।