सरकार र डा. केसी पक्षबीचको वार्ता स्थगित

सरकार र डा. केसी पक्षबीचको वार्ता स्थगित

बेलुकी साढे ४ बजे पुन बस्ने गरी वार्ता स्थगित भएको हो। डा. केसीका सहयोगी प्रितम सुवेदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शिक्षामन्त्रीहरुको भर्चुअल बैठकको कारणले वार्ता केही समयका लागि स्थगित भएको जानकारी दिए।

बैठकमा शिक्षा सचिव गोपीनाथ मैनालीकोसमेत सहभागी हुनुपर्ने भएकाले वार्ता स्थगित भएको सुवेदीले जानकारी दिए।

मैनाली सरकारी वार्ता टोलीका संयोजक हुन्। शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारी वार्तामा डा. केसीका मागहरुबारे सुक्ष्मढंगले छलफल भैरहेको बुझिएको छ। 

डा. केसी विभिन्न ६ बुँदे माग राख्दै २५ दिनदेखि आमरण अनसनमा छन्। सरकारले चौतर्फी दबाब पछि बुधबार तीन सदस्यिय वार्ता टोली गठन गरेको थियो।

असोज २२, २०७७ बिहीबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।