उपप्रमुखलाई कोरोना देखिएपछि सिद्धार्थनगर तीन दिन बन्द
कोरोनाका कारण नगरपालिकामा असहज परिस्थिति निर्माण भएकाले नियन्त्रणका लागि कार्यालयबाट प्रवाह गरिने सेवाहरु तीन दिन बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत विवेक खनालले जनाए।
कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भए काफ्लेले बुधबार सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएकी छन्।
उपप्रमुख काफ्लेले केही दिन यता आफ्नो सम्पर्कमा रहेका सबैलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन्।
उनी अहिले होम आइसोलेसनमा रहेको जनाएकी छन् । यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुलाई पनि कोरोना संक्रमण पुष्टि छ।
उनीहरु पनि होम आइसोलेसनमा छन्। तीनै जनालाई लक्षण भने नदेखिएको जनाइएका छ।
असोज २२, २०७७ बिहीबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।