यो सेवा सर्तहरू उकेराडटकमको पेड सब्सक्रिप्सन सेवा प्रयोग गर्ने सबै प्रयोगकर्ताहरुका लागि लागि लागू हुनेछ। हाम्रो सेवा प्रयोग गर्दा तपाईंले यी सर्तहरू स्वीकार गरेको मानिनेछ।
अहिले सदस्यता योजनामा अर्ध वार्षिक र वार्षिक सदस्यता बन्ने सुविधा उपलब्ध छ। भविष्यमा सदस्यताको अवधी र शुल्क परिमार्जन हुन सक्नेछ।
सदस्यताको समयावधी सकिएका सेवा स्वत: रद्द हुनेछ। पुन सेवाका लागि भुक्तानी गर्नुपर्नेछ।
तपाईं कुनै पनि समयमा सदस्यता रद्द गर्न सक्नुहुन्छ, तर भुक्तानी गरिएको रकम फिर्ता गरिने छैन।
सेवाको प्रकार र शुल्क कुनै पनि समयमा परिवर्तन गर्न सक्नेछौँ।
हामी तपाईंको व्यक्तिगत जानकारी निम्न उद्देश्यका लागि संकलन गर्न सक्छौं:
तपाईंको व्यक्तिगत डेटा सुरक्षित राख्ने दायित्व हाम्रो हुनेछ।
कुनै प्रविधिक कारणले सेवा अवरुद्ध भएमा हामी उत्तरदायी हुने छैनौं।
हामी तथ्यगत पुष्टीका आधारमा समाचार प्रकाशित गर्नेछौँ। कुनै समाचारमा त्रुटि भएमा जानकारी प्राप्त भए लगत्तै सच्याउने छौँ। एजेन्सीबाट उपलब्ध सामग्रीको हकमा त्रुटी भएमा हामी उत्तरदायी हुने छैनौँ।
कुनै विवाद उत्पन्न भएमा नेपालको कानूनअनुसार समाधान गरिनेछ।
यी सर्तहरू कुनै पनि समयमा संशोधन गर्न सक्छौं।