एमालेको एघारौँ महाधिवेशन काठमाडौंमा हुने
काठमाडौं : एमालेले एघारौँ महाधिवेशनको स्थान बदल्दै पोखराको साटो काठमाडौंमा गर्ने निर्णय गरेको छ। शनिवार अध्यक्ष केपी शर्मा ओलीको गुन्डुमा रहेको निवासमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल बदल्ने निर्णय गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिरमा हुने महाधिवेशन पोखराको सट्टा काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए। एमालेले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेका थियो।
जेन-जी आन्दोलनपछि अन्य दलका नेतृत्व परिवर्तनबारे गम्भीर बहस भए पनि एमालेभित्र भने नेतृत्व परिवर्तनको बहस गम्भीर रूपमा अगाडि बढेको छैन। पार्टीको एघारौँ महाधिवेशनमा पनि नेतृत्वका लागि केपी शर्मा ओली नै अगाडि सरेका छन्।
कात्तिक १५, २०८२ शनिबार १८:०७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।