मिर्गौलामा सङ्क्रमण देखिएपछि पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै
Filephoto
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।
मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिस गराइरहेका छन्।
विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
कात्तिक १५, २०८२ शनिबार १७:५३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।