जोमसोम-कागबेनी सडक सञ्चालनमा, मुक्तिनाथ जान सहज
मुस्ताङ : लगातारको वर्षाका कारण शुक्रबारदेखि अवरुद्ध मुस्ताङको जोमसोम-कागबेनी सडकखण्ड मर्मतपछि सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै पवित्र तीर्थस्थल मुक्तिनाथ जाने बाटो सहज भएको छ।
जिल्ला प्रशासन कार्यालय, मुस्ताङको सक्रियतामा विभिन्न स्थानमा भासिएको सडक मर्मत गरी यातायातका लागि खुला गरिएको हो।
यसैबीच, पहिरोले अवरुद्ध कागबेनी-छुसाङ सडकखण्ड खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति घटनास्थलमा परिचालन गरिएको छ।
कात्तिक १५, २०८२ शनिबार १३:२८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।